स्थानीय चुनावको

डोटी शिखरको मेयरमा काँग्रेसका बलायर र उपमेयरमा रावल विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

डोटी । डोटीको शिखर नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका दीर्घ बलायर विजयी भएका छन् । उनी ६५६२ मत ल्याउँदै विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भीम बलायरले ४५९१ मत प्राप्त पाए । एकीकृत समाजवादीका सागर भट्टले ३०२ मत र राप्रपाका गिरी रोकायाले ४२ मत मात्रै पाए । उपमेयरमा नेपाली काँग्रेसकै सुनिता रावल (जोरा) ६४२६ मत ल्याउँदै विजयी भइन् ।
उनकी प्रतिस्पर्धी नेकपा एमालेकी लक्ष्मीदेवी मल्लले ४६४५ मत पाइन् भने नेकपा माओवादीका रमेशप्रसाद जोशीले ३६६ मत मात्रै पाए । नगरका ११ ओटा वडाहरुमध्ये ७ वडामा काँग्रेस र ४ वडामा एमालेका उम्मेदवार विजयी भएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन