घटना

रुपेडियामा दुई नेपाली महिलाको अपहरण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ०४ बैशाख । नेपालगंजको नजिक पर्ने भारतको रुपेडियाबाट दुई नेपाली महिलाको अज्ञात व्यक्तिद्वारा अपहरण गरिएको छ ।

निघासन प्रहरी कार्यलयले मालिका संवादाता संजीव बर्मालाई दिएको जानकारी अनुसार नेपालगंज बस्ने प्रार्थिनी शोभवती र उनी बहिनी कल्पना शोभावती नेपालगंजबाट रुपेडियाको बाटो हुँदै बहराईचमा रहेको दरगाहमा चादर चढाउन जाने क्रममा बाटोमा केहि अज्ञात व्यक्तिहरुको प्रार्थिनी र उनकी बहिनी कल्पनासंग भेट हुन्छ । कुराकानीको क्रममा उनीहरु आफूपनि बहराईचमा चादर चढाउन जाने बताएपछि उनीहरु सबै एउटै गाडीमा यात्रा गरिरहेको समयमा बाटो ती अज्ञात व्यक्तिहरुले प्रार्थिनी र उनकी बहिनी कल्पनालाई जुस खाऔं भन्दै जुसमा नसालु पदार्थ मिसाएर दिदा ती दुईटै दिदी–बहिनी बेहोस भएपछि उनीहरुलाई अज्ञात ठाउँमा लिएर गए जहाँ प्रार्थिनी र उनकी बहिनीलाई तीन दिनसम्म बन्धक बनाएर राखे । पछि निकै मुश्किलबाट प्रार्थिनलाई अज्ञात व्यक्तिहरुले छोडिदिए तर उनीकी बहिनी कल्पनालाई भने कहाँ लगेर लुकाएर राखेका छन् वा हत्या गरेर फालेका छन् त्यस विषयमा आफूलाई कुनैकुराको थाह नभएको प्रहरी समक्ष बयान दिएकी छिन् ।

बिज्ञापन

प्रहरीले प्रार्थिनीसंग अरु कुराको सोधपुछ गर्दा आफूलाई ती अज्ञात व्यक्तिहरुको कुनै नाम–ठेगाना थाह नभएको तर उनीहरुको अनुहार र आफूलाई बन्धक बनाएर राखेको ठाउँभने थाह भएको बताएकी छिन् ।

उनले आफ्नी बहिनी कल्पनाको खोजतलास गरिदिन निघासन प्रहरी कार्यलयमा जाहेरी दिएको कुरा हाम्रा रुपेडियामा रहेका संवादाता संजीव बर्माले बताएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।