५०५ पालिकाको मतपरिणाम सार्वजनिक, कुन दलले कति जित्यो ?

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय चुनावको बुधबार बेलुकीसम्म ५ सय ५ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।
जसमा नेपाली कांग्रेसले २२७ पालिका प्रमुख जिल्दै पहिलो स्थानमा आएको छ । त्यसैगरी १ सय ४५ पालिका प्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्र ९८ स्थानीय तहमा जित हाँसिल गर्दै तेस्रो स्थानमा रहको छ भने जनता समाजावदी पार्टी (जसपा) ले १० पालिकामा जितेको छ ।
त्यस्तै नेपकपा एकीकृत समाजवादीले अहिलेसम्म नौ ठाउँमा जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुई ठाउँमा जित्दा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एक पालिका जितेको छ ।
त्यसैगरी अहिलेसम्म स्वतन्त्र उम्मेदवारले पाँच ठाउँमा जितेका छन् । राष्ट्रिय जनमोर्चाले दुई, नेमकिपाले एक ठाउँमा जित हात पारेको छ । र, अन्य चार पालिकाका प्रमुख÷अध्यक्षमा निर्वाचित भएका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
