धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल र गठबन्धनका उम्मेदवार वड बिच ८२९२ मतको अन्तर

धनगढी । कैलालीको धनगढी उप-महानगरपालिकामा मतगणना जारी छ। हाल सम्म साढे ३५ हजार ८ सय ९४ मतगणना भएको छ।
जसमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १६ हजार ४ सय १५ मत पाएका छन्। भने नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ८ हजार १ सय २३ र नेकपा एमालेका रणबहादुर चन्दले ३ हजार ७ सय ७४ मत पाएका छन्।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ७ हजार ४ सय ५७ मत पाउँदा। एमालेकी कन्दकला रानाले ६ हजार ६ सय १७ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४ हजार १५४ मत पाएका छन्।
त्यस्तै राप्रपाका उम्मेदवारले २ हजार ४ सय ५९ मत पाएका छन्। हमाल र वडबीच ८ हजार २ सय ९२ मतको अन्तर रहेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
