सुदूरपश्चिममा खाता खोल्यो समाजवादीले ,नगर प्रमुखमा रावत
लोक कल्याणकारी विज्ञापन

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाबाट एकीकृत समाजवादीले जितेको छ ।
सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेलाई पराजित गर्दै नेकपा एकीकृत समाजवादीले खाता खोलेको हो।
बिज्ञापन

नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका खडकबहादुर रावतले एमालेका ममताप्रसाद चौधरीलाई हराएका छन्। रावतले १३१२८ मत ल्याए भने चौधरीले ८२४१ मत पाए। २०७४ को चुनावमा मेयर जितेका चौधरी पराजित भएका हुन्।
उपमेयरमा कांग्रेसकी गुलियाकुमारी चौधरी विजयी भएकी छन्। उनले एमालेकी करूणादेवी बटालालाई हराएकी हुन्। चौधरीले १२ हार २७० मत पाएर विजयी हु्ँदा बटलाले ६ हजार ९६३ मत पाइन्।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
