Local Election result

सुदूरपश्चिमका ७६ पालिकाको मतगणना सम्पन्न

बिज्ञापन

धनगढी : स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। हालसम्म सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ७६ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेसले अग्रस्थानमा रहेको छ। उक्त पार्टीले ३४ स्थानीय तहमा जित निकालेको छ। यस्तै दोस्रोमा रहेको नेकपा एमालेले २३ पालिकामा जित निकाल्दा नेकपा माओवादी केन्द्रले १३ पालिकामा प्रमुख जितेको छ।
प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले ३ र एकीकृत समाजवादीले २ पालिकामा जित निकाल्दा एउटा पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। अब प्रदेशका एक उपमहानगरपालिका, एक गाउँपालिका र १० नगरपालिकाको अन्तिम मत परिणाम मात्रै सार्वजनिक गर्न बाँकी रहेको छ।

बिज्ञापन
बिज्ञापन