Local Election result

नगरप्रमुखद्वारा आफूसंग भएका सामान फिर्ता

बिज्ञापन

साफेबगर । अछामको साफेबगर नगरपालिकाका नगरप्रमुख कुलबहादुर कुँवरद्वारा आफूसंग भएका र आफूले प्रयोग गरेका सामानहरु फिर्ता गरेका छन् । उनले एक पत्रकार सम्मेलनको आयोजना गरी आफूले कुनै व्यक्तिगत रुपमा कुनै सामान नकिनेको र यस पाँच वर्षको कार्यकालमा आफूसंग भएका पाँच सयको रेडियो–१ थान, ३०० मूल्यको चार्जर– १ थान, हिटर–१ थान, ल्यापटप–१ थान बुझाउँदै उहाँले आफ्नो कार्यकालमा कुनैपनि बेरुज पनि नभएको दाबी गरेका छन् ।

बिज्ञापन

उहाँले अगाडि भन्नुभयो– ‘हामीले गरेका राम्रा कार्यहरुको अवश्य समिक्षा हुनुपर्ने बताउँदै कतिपय कामहरु सम्पन्न नभएकोले अधुरो रुपमा नै भएकोले ती कामहरु भविष्यमा पूरा हुन भन्ने आग्रह गर्नुभयो ।’

बिज्ञापन