स्थानीय चुनावको

बालेनको जीत पक्का, ५१ प्रतिशत मत गनिसक्दा झनै फराकिलो अग्रता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । काठमाडौंका स्वतन्त्र मेयर पदका उम्मेदवार बालेन शाहको जीत पक्का जस्तै भएको छ । काठमाडौंका कोर भित्रि नेवार वस्ती भनिएको ठाउँहरुमा पनि केशव स्थापित र सिर्जना सिहंको भन्दा राम्रो मत उनको आएको हुँदा उनको जीत सुनिश्चित जस्तै भएको हो ।

यो सामाग्री तयार पार्दासम्म ५१ प्रतिशत मत गणना भैइसकेको छ । जसमा काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन साहले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई १६ हजार १२६ मतले पछि पारेका छन् ।

बिज्ञापन

९६ हजार ९४४ मत गनिसक्दा साहले हालसम्म ३५ हजार ३७४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १९ हजार २४८ मत ल्याएका छन् ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंहले १९ हजार ८३ मत ल्याएकी छन् । काठमाडौंमा अझै ९४ हजार २४२ मत गन्न बाँकी रहेको छ । बालेनले हालसम्म भएको मत गणनाको ३६ प्रतिशत मत ल्याएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।