स्थानीय चुनावको

विचारविहीन जमातले राष्ट्रको नेतृत्व गर्न सक्दैनः शंकर पोख्ररेल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विचारविहीन जमातले राष्ट्रको नेतृत्व गर्न नसक्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल दाङ शाखाले नवनिर्वाचित जनप्रतिनिधिको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले स्वतन्त्र उम्मेदवारले प्राप्त गरेको मत असन्तुष्टिमा प्रकट भएको भन्दै त्यो जनमतलाइ आत्मसाथ गरेर पार्टीले योजना बनाउने बताए ।

बिज्ञापन

‘स्वतन्त्रको अभ्यास नयाँ होइन, यो पुरानै अभ्यास हो । युवा पुस्तालाई आकर्षित गर्नेगरी योजना बनाउन जरुरी छ’, उनले भने, ‘नयाँ पुस्ताको आकांक्षालाई आत्मसाथ गरेर पार्टी अघि बढ्छ ।’

यो स्थानीय तह निर्वाचनमा एमालेको पक्षमा जनमत बढाएको पनि महासचिव पोखरेलले बताए ।

‘केही सिट गुमाए पनि जनमत बढाएका छौँ । केही ठाउँमा गठबन्धन भएका कारण परिणाम निकाल्न सकेनौँ । विगतको तुलनामा जनताको समर्थन प्राप्त गर्न सफल भएका छौँ । यो असफलताबाट शिक्षा लिएर अघि बढ्ने छौ ँ। विकास र समृद्धिको पात्रामा लग्नको लागि बलियो राष्ट्रिय शक्तिको रूपमा विकास गर्न सकिन्छ’, उनले भने ।

मुलुक धुव्रीकरणतर्फ प्रवेश गरेको उनको जिकिर छ।

उनले भने, ‘नेपाली कांग्रेस बलियो शक्ति होइन, गठबन्धन पहिलो शक्ति बनेको छ । एमाले दोस्रो शक्ति बनेको छ । गठबन्धनको सहरामा कांग्रेसले जितेको हो । दुई ध्रुवमा मुलुकको राजनीति प्रवेश गरेको छ।’

गठबन्धनले पार्टीहरूलाइ कमजोर बनाउने उनको भनाइ छ ।

‘गठबन्धनले अस्थायी रूपमा परिणाम दिन्छ तर, भविष्यमा गुमाउनु पर्छ । संघ र प्रदेश सरकार अनुकुलन हुँदा स्थानीय सरकार सफल हुन सक्छन् । राष्ट्रिय शक्तिको रूपमा एमालेलाई बनाउनेगरी जनमत बढेको छ’, महासचिव पोखरेलले भने ।

प्रेस चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षता तथा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एमालेको तर्फबाट निर्वाचित नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी लगायत वडा अध्यक्ष र सदस्यलाई स्वागत सम्मान गरिएको छ ।

ले थालेका योजनाहरूलाई पूर्णता दिने छौँ’, उनले भने, ‘घोराहीको सन्तुलित विकास हाम्रो अबको एजेन्डा हो।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।