अनौठो

२०० वर्षपछि मानिसहरू अर्को ग्रहमा बस्न थाल्ने अन्तरिक्ष वैज्ञानिकको भविष्यवाणी

बिज्ञापन

एजेन्सी । मानिसले २ सय वर्षपछि अर्को ग्रहमा बस्न थाल्नेछन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको जेट प्रोपल्सन प्रयोगशालाका वैज्ञानिक जोनाथन जियाङले यो खुलासा गरेका हुन् ।

बिज्ञापन

उनका अनुसार पृथ्वी अन्धकारले घेरिएको सानो ठाउँ हो । भौतिकशास्त्रको हाम्रो वर्तमान बुझाइले हामीलाई यो सानो चट्टानमा सीमित स्रोतहरूसँग अड्किएका छौं भनी बताउँछ ।

उनका अनुसार हाम्रो ग्रह छोड्न, मानवले आणविक र नवीकरणीय ऊर्जाको प्रयोगलाई तीव्र बनाउन आवश्यक छ। साथै, ती ऊर्जा स्रोतहरूको गलत प्रयोगबाट बच्नुपर्छ ।

लगभग ६० वर्ष पहिले एक सोभियत खगोलशास्त्रीले कार्दाशेभ मापनको बारेमा बताएका थिए । जसमा कुनै पनि बुद्धिमान प्रजातिको प्राविधिक क्षमता मापन गर्न सकिन्छ ।

१९६४ मा सोभियत खगोलविद् निकोलाई कार्दाशेभले एक बुद्धिमान प्रजातिको प्राविधिक क्षमता अनुमान गर्न मापन योजनाको बारेमा कुरा गरेका थिए । यस पछि यसलाई कार्ल सागन द्वारा परिमार्जन गरिएको थियो ।

बिज्ञापन