स्थानीय चुनावको

कटारी– ५ मा खसेको ७० प्रतिशत मत बदर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कटारी । सार्वजनिक भइरहेको स्थानीय निर्वाचनको मत परिणामअनुसार कटारी नगरपालिका ५ मा खसेको कुल मतमध्ये ७० प्रतिशतभन्दा बढी बदर भएको पाइएको छ ।

आइतबार सार्वजनिक अन्तिम मत परिणामअनुसार वडामा खसेको ३ हजार १ सय ७ मत गणना हुँदा २ हजार १ सय ९४ मत बदर भएको पाइएको हो ।

बिज्ञापन

सबैभन्दा बढी खुल्ला सदस्य(दोस्रो २)मा २ हजार १ सय ९४ मत बदर भएको छ । मत बदर हुँदा एमालेका राम हरिकुमार दनुवारले मात्रै ९ सय १३ मत पाएका छन् । मत बदर हुँदा उनका प्रतिद्वन्द्वीले शून्य मत पाएको निर्वाचन अधिकृत राजकुमार राउतले सार्वजनिक गरेको नतिजामा उल्लेख छ ।

सार्वजनिक मत परिणाममा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य खुल्ला सदस्य (१) र खुल्ला सदस्य ९२० मा क्रमशः ५ सय ७२, ९ सय ८६, ५ सय ७२, १ हजार ४ सय ४८, १ हजार ५ सय ४५ , १ हजार ६ सय ४७ र २ हजार १ सय ९४ मत बदर भएको छ ।

कटारी नगरपालिकको कूल मतदाता ३८ हजार ४ सय ४६ रहेको छ । त्यसमध्ये अहिलेको स्थानीय तह निर्वाचनमा करिब ६७ प्रतिशत २५ हजार ७ सय ५३ मत खसेको निर्वाचन अधिकृत राउतले बताए ।

यो समाचार तयार पार्दासम्म १५ हजार ५ सय ८८ मत गणना भइसकेको छ । गणना भएकोमध्ये प्रमुखमा ३ हजार ४ र ५६ र उपप्रमुखमा ४ हजार ४ सय ३५ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय कटारीले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।