हवाई भाडा बढ्यो

काठमाडौ । सरकारले हवाई इन्धनको मूल्य बढाएपछि वायु सेवा कम्पनीले पनि भाडा बढाएका छन् ।
नयाँ भाडा दर भोलि वुधबारदेखि लागू हुने कम्पनीले जनाएकाछन् । सबैभन्दा धेरै काठमाण्डौ–धनगढीको भाडा चार सय ४५ रुपैयाँ बढेको छ । यस्तै सबैभन्दा कम काठमाण्डौ–सिमराको भाडा ९० रुपैयाँ बढेको छ । नयाँ दरअनुसार काठमाण्डौ–धनगढीको अधिकतम भाडा १५ हजार ६ सय ६५ रुपैैयाँ पुगेको छ ।

यस्तै काठमाण्डौ–नेपालगञ्जको भाडा १२ हजार आठ सय ९५, भद्रपुरको ११ हजार नौ सय ३५, विराटनगरको नौ हजार तीन सय २५, जनकपुरको पाँच हजार दुई सय ५०, भरतपुरको चार हजार चार सय ३५, पोखराको ६ हजार तीन सय पाँच, भैरहवाको अधिकतम भाडा सात हजार आठ सय ८० रुपैयाँ पुगेको छ । निगमले आइतवार हवाई इन्धन प्रतिलिटर १० रुपैयाँले बढाएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
