अर्थ

हवाई भाडा बढ्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । सरकारले हवाई इन्धनको मूल्य बढाएपछि वायु सेवा कम्पनीले पनि भाडा बढाएका छन् ।

लोक कल्याणकारी विज्ञापन

नयाँ भाडा दर भोलि वुधबारदेखि लागू हुने कम्पनीले जनाएकाछन् । सबैभन्दा धेरै काठमाण्डौ–धनगढीको भाडा चार सय ४५ रुपैयाँ बढेको छ । यस्तै सबैभन्दा कम काठमाण्डौ–सिमराको भाडा ९० रुपैयाँ बढेको छ । नयाँ दरअनुसार काठमाण्डौ–धनगढीको अधिकतम भाडा १५ हजार ६ सय ६५ रुपैैयाँ पुगेको छ ।

लोक कल्याणकारी विज्ञापन

यस्तै काठमाण्डौ–नेपालगञ्जको भाडा १२ हजार आठ सय ९५, भद्रपुरको ११ हजार नौ सय ३५, विराटनगरको नौ हजार तीन सय २५, जनकपुरको पाँच हजार दुई सय ५०, भरतपुरको चार हजार चार सय ३५, पोखराको ६ हजार तीन सय पाँच, भैरहवाको अधिकतम भाडा सात हजार आठ सय ८० रुपैयाँ पुगेको छ । निगमले आइतवार हवाई इन्धन प्रतिलिटर १० रुपैयाँले बढाएको थियो ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन