राष्ट्रिय समाचार

कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै आन्दोलन जारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै धनगढीमा विरोध प्रदर्शन गरिएको छ । शनिवार उद्योग वाणिज्य संघ, कैलालीको आयोजनामा धनगढी चौराहादेखि पार्क मोडसम्म विरोध रयाली निकालिएको हो।

त्यसपछि एलएन मार्ग (एलएन चोक)मा भएको विरोध सभामा सम्बोधन गर्दै विभिन्न व्यक्तिहरुले मेडिकल कलेज सञ्चालनमा सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

बिज्ञापन

उनीहरुले जेठ १५ गते सार्वजनिक हुने नेपाल सरकारको बजेटमा गेटा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरेका छन् ।

यदी बजेटमा गेटा मेडीकल कलेज अथवा विश्वविद्यालय के बनाउने हो भनि उचित सम्बोधन नभएमा आन्दोलन अझ चर्को पार्ने उनिहरुले चेतावनि समेत दिएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।