घटना समाचार

अछाममा ढुङ्गा लडाएर हत्या गरेको आरोपमा एक जना पक्राउ

बिज्ञापन

अछाम । अछाममा ढुङ्गा लडाएर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–६ बान्नीतोलीका ३० वर्षीय हिराप्रसाद न्याउपाने रहेका प्रहरीले बताएको छ ।

बिज्ञापन

प्रहरीका अनुसार गत बुधबार ११ गते वडा नम्बर ६ कै ३९ वर्षीय रमिता न्याउपाने पञ्चदेवल विनायक–५ लयठीबाट घर आउने क्रममा आरोपित न्याउपानेले लडाएको ढुङ्गा लागेर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दै बाटोमै मृत्यु भएको भनी बिहीबार १२ गते इलाका प्रहरी कार्यालय विनायकमा खबर गरिएको बताइएको छ ।

घटनापछि फरार रहेका न्याउपानेलाई शुक्रबार रामारोशन गाउँपालिका–३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले बताए । न्याउपाने सो वडाको कालापानीस्थित छत्र कार्कीको घरमा लुकीछिपि बसेको अवस्थामा फेला परेका उनले बताए ।

बिज्ञापन