घटना

राम्री युवती देखाएर ‘हनि ट्रयाप’ गरेको आरोपमा ६ जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

राम्री युवती देखाएर पैसा असुल्ने गिरोहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।
हनि ट्रयापमा पार्ने ६ जनालाई अपराध अनुसन्धान कार्यालय पक्राउ गरेको हो ।
काठमाडौ । पक्राउ पर्नेमा सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीया निकिता केसी, काभ्रेपलाञ्चोक घर भई पेप्सिकोला बस्दै आएकी १८ वर्षीया मनीषा परियार, हलेसी–७ खोटाङका ३२ वर्षीय डिकबहादुर शर्मा, इटहरी–७ सुनसरी घर भई काठमाडौंको तारकेश्वर बस्दै आएका ३० वर्षीय सञ्जीव दर्जी र मेलुङ–५ दोलखा घर भई हाल नखिपोट बस्दै आएका २५ वर्षीय निमा लामा र ३० वर्षीय पासाङ लामा छन् ।

उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट युवतीकोे प्रयोग गरी पुरुष व्यक्तिहरूलाई खाजा खाने बहानामा रेस्टुरेन्टमा लगी भेटघाट गर्ने र पैसा बार्गेनिङ गर्ने खुलेको प्रवक्ता तथा सुचना अधिकृत प्रहरी उपरीक्षक (एसपी) दिनेशकुमार आचार्यले जानकारी दिए ।

बिज्ञापन

उनका अनुसार उनीहरूले पीडित व्यक्तिहरूमाथि निगरानी राखी उनको घर ठेगाना, कार्यालय तथा सवारीसाधन लगायत सम्पूर्ण विवरणहरू प्राप्त गरी डायरीमा रेकर्ड राख्ने गरेको देखिएको छ । प्रत्यक्ष भेटघाटपछि झूटा मुद्दा लगाएर फसाइदिने भन्दै पीडितलाई डर, धम्की तथा त्रास दिएर मोलमोलाई गरेर ‘ब्ल्याक मेलिङ’ गरेर ठूलो रकम माग्ने गरिएको पाइएको उनले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।