इन्धनको मूल्यमा भारी वृद्धि

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि गरेको छ ।
निगमले आइतवार राति ११ बजे विज्ञप्ति प्रकाशित गरी मध्यराति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्यमा भारी बृद्धि गरेको हो ।
मूल्यबृद्धिपछि पेट्रोल लिटरको २ सय रुपैया नजिक पुगेको छ । पेट्रोलमा प्रतिलिटर २१ रुपैया बृद्धि गरिएको छ ।
पेट्रोलको मूल्य अब प्रतिलिटर १ सय ९९ पुगेको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैया थियो ।

डिजेलमा पनि एकैपटक २७ रुपैया बृद्धि भएको छ । डिजेलको मूल्य अब प्रतिलिटर १९२ पुगेको छ ।
प्रतिलिटर इन्धनमा एकैपटक यति धेरै बृद्धि गरिएको पहिलो पटक हो ।
खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।
मूल्यबृद्धि पछिपनि मासिक ४ अर्ब ७० करोड घाटा रहेको निगमले दावी गरेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
