प्रहरी जवानको तालीमको क्रममा बेहोस भएका एक युवाको मृत्यु

काठमाडौ :प्रहरी जवानको अन्तिम तालीम १० किलोमिटर दौडको क्रममा मेल्लेख गाउँपालिका वडा न ६ झडीगाउँ अछाम निवास प्रसाद बोहराका छोरा – भरत बोहरा नेपाल प्रहरीको जवानको निम्ति सुदुरपश्चिम क्षेत्रीय तालीमकेन्द्र दिपायल केन्द्रमा तालिमको क्रममा घाइते हुदा उपचारको निम्ति नेपालगन्ज मेडिकल कलेजमा पुर्यादा उपचारको क्रममै मृत्यु भएको छ।

बोहराले प्रहरी जवानका निम्ति गर्नुपर्ने लगभग सबै तालीम पुरागरेको भएपनि दौडमा चार जना पछि रहेको अचानक लढेपछी सबै दौडिरहेको भएकाले अलिपछी हेर्दा बेहोस भएको त्यसपछि हेलिकप्टरमा कोहलपुर शिक्षण अस्पताल बाके उपचार गर्दैगर्दा आज निधन भएको मेल्लेख गाउँपालीका पुर्ब अध्यक्ष लोग बहादुर बोहराले मालीका समाचारलाई बताए। आज पोस्टमार्टमको लागी नेपाल गन्ज भेरी अस्पताल पुर्याइने बताए ।

राष्ट्रसेवकको निम्ति चलिरहेको प्रारम्भिक यात्रामा निधन भएको भरत बोहरा प्रति मालीका समाचार भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछौं ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.