घटना

बझाङमा नुहाइरहेकी किशोरीमाथि करणी प्रयास

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बझाङ । बझाङमा किशोरीमाथि जबरजस्ती करणीको प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको बुङ्गल नगरपालिका- ४ खिरातडीका ४४ वर्षीय बिर्ख नेगी रहेका छन्।

१७ वर्षीया किशोरीलाई मदिरा सेवन गरेका यही असार २१ गते साँझको समयमा रोपाइँ सकेर घर नजिकैको धारामा नुहाइरहेको बेला बलात्कारको प्रयास गरेका प्रहरीले जनाएको छ । नेगीले किशोरीलाई धाराभन्दा केही तल लगी बलात्कार प्रयास गर्दा किशोरीले चिच्याएको आवाज स्थानीयले सुनेपछि प्रहरीलाई खबर गरेका थिए।

बिज्ञापन

२३ गते पक्राउ परेका नेगीमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुंगानाले बताए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।