राष्ट्रिय समाचार

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया आउन कडाइ गरिने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लामो समयदेखि अस्ट्रेलियाली कलेजमा भर्ना भएर बसेका धेरै नेपाली विद्यार्थीको भिजा ‘रिजेक्ट’ (अस्वीकृत) भएको खबर आउन थालेको छ । 

नेपाल, भारत, पाकिस्तान, बंगलादेश लगायतका मुलुकका विद्यार्थीहरू रहेको सामाजिक सञ्जालका समूहमा यसबारे चर्को चिन्ता व्यक्त गरिएको छ । 

बिज्ञापन

यसबारेमा समाचार आएसँगै धेरैलाई अब नेपालबाट अस्ट्रेलिया पढ्न आउन गाह्रो हुने सोच आएको छ । सामाजिक सञ्जालमा अनेकौं अशंकाहरूलाई मलजल गरेर पोस्ट तथा कन्टेन्टहरू भाइरल गरिएको पनि देख्न सकिन्छ । 

यसै सन्दर्भमा अस्ट्रेलिया सरकारको आन्तरिक व्यवस्था विभाग (होम अफेयर्स)ले जुलाईको पहिलो साता ‘प्रोभाइडर अपडेट’ जारी गरेको छ । लामो समयदेखि ढिलाइ भइरहेको भिजा प्रक्रिया, अन्तर्राष्ट्रिय परिस्थिति र विद्यार्थी भिजाका सम्बन्धमा दस्तावेज सार्वजनिक गरिएको हो । 

यस दस्तावेजले नेपाली विद्यार्थीहरूका लागि आगामी दिन सहज नहुने संकेत गरेको छ । अस्ट्रेलिया सरकारले नेपाली विद्यार्थीहरूको भिजा आवेदनमा ‘नक्कली’ काम भएको र ‘भेट’ भनिने व्यावसायिक शिक्षा तथा तालिमको क्षेत्रमा मात्रै धेरै विद्यार्थी भर्ना भएको विषयलाई गम्भीरताका साथ लिएको छ । 

धेरै नेपालीहरू अस्ट्रेलिया पढ्न भन्दा पनि काम र कमाइका लागि जाने गरेको अस्ट्रेलिया र नेपालमा चर्चा हुने गर्दछ । पछिल्लो समय कोरोनाको कारण अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई धेरै समय काम गर्ने अवसर दिएको थियो जुन अहिले पनि यथावत छ । 

अस्ट्रेलियाले विद्यार्थीलाई काम गर्ने अवसर दिएको समयमा नाम मात्रको विद्यार्थी बनेर काम गर्न आउनेको संख्या धेरै छ । नेपालीहरूमाझ नै ‘भिजा फ्याक्ट्री’ उपनाम पाउने गरेका कलेजहरूमा नेपाली विद्यार्थीको चाप बढी देख्न सकिन्छ । 

अस्ट्रेलियाको इमिग्रेसन विभागमा उपसचिव भइसकेका विश्लेषक अबुल रिज्वी नेपालबाट ‘भेट कोर्स’मा आउने विद्यार्थीको संख्या बढ्नु आश्चर्यजनक भएको बताउँछन् । उनले नेपालबाट अति नै धेरै संख्यामा ‘भेट’ विद्यार्थी आउनुले त्यसमा संशय पैदा गरेको उनको भनाइ छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।