खेलकुद

स्कटल्यान्डविरुद्ध नेपालले टस जितेर बलिङ राेज्याे

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ । नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन् । आज नेपाल सम्हालिएको ब्याटिङ प्रदर्शन गर्दै  खेल जित्ने योजनामा छ । 

सोमबार भएको पहिलो खेलमा नेपालले नामिबियालाई ४० रनको नतिजा सुम्पिएको थियो । जुन खेलमा नेपालले बलिङमा औषत प्रदर्शन गरे पनि ब्याटिङमा भने खराब प्रदर्शन गरेको थियो । 

बिज्ञापन

प्रशिक्षक पुवुदु दासानायकेले आज पहिलो खेलकै प्लेईङ सेटलाई निरन्तरता दिएका छन् । आईसीसी लिग २ को तालिकामा १६ खेल खेलेर १५ अंक जोडेको नेपाल छैटौं स्थानमा छ । नेपालले लिग २ मा अझै १९ खेल्न बाँकी छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।