राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्रीको विवादित बजेटको छलफल निष्कर्षविहीन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । सुदूरपश्चिम प्रदेश सकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९–०८० को बजेट बारे मुख्यमन्त्री र प्रमुख प्रतिपक्षी दलका सांसदहरुको वार्ता निष्कर्षविहीन भएको छ। 

मुख्यमन्त्री त्रिलोचन भट्टले बजेटमाथिको विवाद समाधान गर्नुपर्ने प्रदेश सभा सदस्यहरुले माग गरेपनि आज बैठक बोलाइएको थियो । मुख्यमन्त्रीले नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा छलफलका लागि बोलाएकोमा बैठक निष्कर्षविहीन भएको हो।

बिज्ञापन

बैठकमा प्रतिपक्षी दलहरुले बजेट संशोधनबारे मुख्यमन्त्री भट्टलाई १४ बुँदे सुझावसहितको मागपत्र बुझाएका छन्। बजेट पारित गर्ने विषयमा सरकार र प्रतिपक्षबीच वार्ता भएको थियो। करिब ३ घण्टाको वार्ता सकारात्मक रहेपनि कुनै सहमतिमा नपुगेको नेताहरूले बताएका छन्।

प्रतिपक्षी दलले सरकारलाई बुझाएको १४ बुँदे सुझावपत्रमा सहमति भए आजै संसद् सुरु हुन सक्ने बताइएको छ। १४ बुँदे सहमतिका बिषयमा केही बेरपछि पुनः बस्ने गरी बैठक सम्पन्न भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।