घटना समाचार

स्रोत नखुलेको नगद २० लाख  सहित दुई जना पक्राउ

बिज्ञापन

पर्सा। वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद २० लाख रूपैयाँ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी रक्सौल बस्ने २८ वर्षीय संजित कुमार र २४ वर्षीय अनुराग मिश्र रहेका छन् ।

बिज्ञापन

बिआरओएसयु ३५०० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

बिज्ञापन