राजनीति

पार्टी विभाजन रोक्न नसक्नु मेराे कमजोरी-एमाले अध्यक्ष ओली

बिज्ञापन

काठमाडौं ।  एकीकृत समाजवादी र एमालेवीच पार्टी एकता गर्ने वा कार्यगत एकता गर्ने भन्ने विषय पेचिलो बन्न थालेको छ  । एकताको पक्षधरमा ठूलो पार्टी पंक्ति देखिएपनि नेतृत्व लचिलो नहुँदा एकताको प्रक्रिया अगाडि बढ्न नसकेको बताइएको छ ।

बिज्ञापन

एमाले अध्यक्ष केपी ओलीले हिमालय होटलमा सम्पादकहरूको भेलामा पार्टी विभाजन रोक्न नसक्नु आफ्नो कमजोरी रहेको बताएका थिए । त्यसले पार्टी एकताका लागि बल दिएको चर्चा दुवै पक्षले गरेका छन् । साथै, ओलीले ससद विघटन गलत थियो भनेर भनेको अवस्थामा एकीकृत समाजवादीले भने एकताका लागि तयार रहेको निर्णय लिने तयारी गरेको छ ।


स्रोतका अनुसार, त्यसका लागि एकीकृत समाजावादीका नेताहरु झलनाथ खनालसहितका नेताहरु मिल्नुपर्ने पक्षमा उभिएका छन् । अहिले पार्टी एकताभन्दा पनि कार्यगत एकता गर्नुपर्ने पक्षमा नेता खनाल पक्ष रहेका छन् । माधव नेपाल पक्षधहरु भने अहिले मौन देखिएका छन् । अर्कातिर माधव नेपालका पक्षधर अधिकांश नेताहरु पनि मिल्नुपर्ने पक्षमै देखिएका छन् ।


    अहिले पृश्वीसुब्बा गुरुङ, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायतका नेताहरु झलनाथ खनाललाई निरन्तर भेटिरहेका छन् । उनीहरु पार्टी मिल्नुपर्ने प्रस्ताव गरिरहेका छन् । खनालले भने एमाले अध्यक्ष ओलीले संसद विघटन कमाजोरी भएको भन्दै आत्मालोचना गरेको अवस्थामा तत्काल नै कार्यगत एकता गरेर जान सकिने बताइरहेको स्रोतको दाबी छ ।


   अध्यक्ष माधव नेपाल अन्तिम समयमा पार्टी एकताको वा कार्यगत एकताको पक्षमा नदेखिए खनालको नेतृत्वमा पार्टी विभाजित भई एमालेसँग मिल्न सकेन संभावना पनि रहेको स्रोतको दाबी छ । तर, खनालले तत्काल एकताभन्दा कार्यगत एकताको पक्षमा रहेका पनि बताइएको छ । बरु, एकताका लागि एकता संयोजन समिति बनाउन पनि सकिने उनको प्रस्ताव रहेको छ ।

बिज्ञापन