टीकापुर

यिनै हुन् काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरमा चुरोट तान्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । यात्रुलाई जहाजभित्र चुरोट तान्ने मौका दिइन्न । बुधबार काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरको जहाजमा चुरोट ताने ब्यक्ति २८ वर्षीय नारायण उपाध्याय हुन् । उडान नं २५३ बाट अपरान्ह धनगढी उडेको जहाजको सीट नं ‘११ ए’मा बसेका एक यात्रुले शौचालय छिरेर चुरोट तानेको बुद्ध एयरले जनाएको छ ।

कैलालीको टीकापुर घर भएका ती २९ वर्षीय युवक नारायण उपाध्यायले आफू पहिलोपटक जहाज चढेको बताएका छन्। उनले प्रहरीसँग आफू पहिलोपटक जहाजमा चढेकाले चुरोट तान्न नमिल्ने कुराबारे जानकार नभएको बताएका छन्।

बिज्ञापन

उनलाई विमान उडीरहेको समयमा विमानका कमएचारीले उडान अवधिभर निगरानीमा राखेर अवतरण गरे लगत्तै जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको हो ।

‘काठमाडौं विमानस्थलमा चेकिङ्ग हुँदा सुरक्षाकर्मीले मेरो साथबाट चुरोट र लाइटर भेटाएका थिए। उहाँहरुले फाल्न भनेको तर मैले नफाली लुकाएर त्यो चुरोट जहाजभित्र पुगाएको थिए’ उपाध्यायको बयान उद्धृत गर्दै कैलालीका डिएसपी वेदप्रकाश जोशीले भने, ‘जहाज उडेपछि शौचालय छिर्दा चुरोटको तलतल लागेकाले तानेको हुँ।’ उनले आफू मदिराको नशामा झ्याप भएकाले अन्जानमा उक्त घटना भएको प्रहरीसमक्ष बयान दिएका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।