हार्दिक श्रद्धाञ्जली

हेटौंडा । सन्त निरंकारी मण्डल नेपाल, हेटौडा शाखाका सत्संग इंन्चार्ज (मुखी) जंङ्ग बहादुर लामाको यहि मिति २०७९ असार २८ गते मंगलबारका दिन आफ्नो नश्वर शरीर त्यागि ब्रम्हलिन हुनुभएको छ । उहाँप्रति हार्दिक श्रद्धा–सुमन अर्पण गर्दै शोकसन्तप्त परिवारमा धैर्य धारण गर्ने क्षमता मिलोस भनि निराकार सत्गुरु समक्ष प्रार्थना गर्दै सन्त निरंकारी मण्डल नेपाल परिवारले हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।
उहाँ सत्गुरुका अनन्य भक्त तथा कर्मयोगी सन्त हुनुहुन्थ्यो । वि.सं. २००२ पौष २ गते हेटौडामा जन्मिनुभएका जंङ्ग बहादुर लामाले सधैं तन, मन, धन यस निराकारलाई समर्पित गरेर सेवा गर्दा–गर्दै उहाँले आफ्नो जीवन बिताउनुभयो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

