राष्ट्रिय समाचार

सवारी लाइसेन्स छाप्ने मेसिन बिग्रियो, विभाग भन्छ– पुनः प्रयोगमा ल्याउन सकिन्न

बिज्ञापन

काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने मेसिनहरू बिग्रिएका छन् । यातायात व्यवस्था विभागमार्फत तीन करोड रुपैयाँमा खरिद गरिएका मेसिनहरू बिग्रिएका हुन् ।

बिज्ञापन

महालेखापरीक्षकको कार्यालयको ५९औँ प्रतिवेदनले वारेन्टी दिएर किनिएको मेसिनको मर्मत गरी पुनः प्रयोगमा नल्याइएको जनाएको छ ।

विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुका अनुसार बिग्रिएका मेसिनहरू पुराना हुन् । “बिग्रिएका मेसिनहरू पुराना, साना–साना मेसिन हुन् । अहिले मास प्रिन्टर आइसकेका छन् । ती मेसिनलाई पुनः मर्मत गरी प्रयोगमा ल्याउन सकिन्न । स्मार्ट लाइसेन्स छाप्न प्रयोग हुँदैनन्,” उनले भने ।

बिज्ञापन