खेलकुद

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा किशोर महतोको डेब्यू

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपालको तीव्र गतिका बलर किशोर महतोले आइतबार स्कटल्यान्डविरुद्धको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छन् ।

 नेपालले आज आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा स्कटल्यान्डविरुद्ध खेल्दै छ । 

बिज्ञापन

स्कटल्यान्डको ग्लासगोस्थित टिटवुड क्रिकेट मैदानमा नेपालले टस हारेर ब्याटिङ गर्दैछ । किशोर नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्ने ३४औं खेलाडी बनेका छन् । किशोरले यसअघि जिम्बाब्वे ‘ए’विरुद्ध लिष्ट ‘ए’ खेल खेलेका थिए ।

किशोरले यसअघि घरेलु क्रिकेटमा गण्डकी प्रदेश, विराटनगर किंग्स, विराटनगर टाइटन्सबाट खेलेका थिए । स्कटल्यान्ड भ्रमणमा यसअघि बासिर अहमदले पनि डेब्यू गरेका थिए । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।