राजनीति

मोदीले प्रचण्डलाई दिएनन् समय, भेट नगरी काठमाडौं फर्कदै

बिज्ञापन

भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट दिएनन् ।

बिज्ञापन

गत शुक्रबार भारत भ्रमणमा गएका प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुने बताइएको थियो । 

तीन दिने भ्रमणको अवसरमा प्रचण्डले भारतीय विदेश सचिव, विदेश मन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार र भारतीय जनता पार्टीका अध्यक्षसँग भेटवार्ता गरेका छन् । 

प्रचण्ड आइतवार काठमाडौं फर्कनुअघि भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने बताइएको थियो । तर, अन्तिम समयसम्म पनि मोदीले प्रचण्डसँग भेटको लागि समय नदिएको बताइएको छ । 

प्रचण्ड मोदीसँग भेट नगरी काठमाडौं फर्कने तयारीमा रहेको बुझिएको छ । प्रचण्ड नेपाल एअरलाइन्सको दिउँसो ४ः२० बजेको दिल्ली–काठमाडौं उडानमा फर्कने कार्यक्रम रहेको उनको सचिवालयले बताएको छ । 

यद्यपि, भाजपाको पार्टी कार्यालयमा अध्यक्ष जेपी नाड्डासँग भेट गरी निस्किने क्रममा अध्यक्ष प्रचण्डले क्लाइमेक्स भेट बाँकी रहेको बताएका थिए । पत्रकारहरूले अबको भेट कोसँग छ भनी प्रश्न गर्दा ‘क्लाइमेक्स अझै बाँकी छ’ भन्ने जवाफ दिएका थिए । प्रचण्डको आशय मोदीसँगको भेट थियो । 

बिज्ञापन