राजनीति

आउँदो चुनावमा पनि सत्ता गठबन्धनबीच तालमेल गर्ने कांग्रेसको निर्णय

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धनबीच तालमेल गरेर अघि बढ्ने भएको छ ।

आज सकिएको केन्द्रीय समिति बैठकको निर्णयार्थ प्रस्तुत गरिएको प्रस्तावमा आउँदा दुवै चुनावमा कांग्रेसलाई स्पष्ट बहुमत हुने गरी संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै स्थिर सरकारमार्फत सम्बोधन गर्न सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरिएको उल्लेख छ ।

बिज्ञापन

‘तालमेल गरिरहँदा नेपाली कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठानिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरूसँग संवादमार्फत निष्कर्षमा पुग्ने’, कांग्रेसको भनाइ छ ।

स्थानीय तहको निर्वाचन समग्रमा गठबन्धनसहित प्राप्त परिणामप्रति कांग्रेसले सन्तोष जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।