स्वास्थ तथा सरसफाइ

ह्वात्तै बढ्यो कोरोना, एकै दिन ४५७ जनामा संक्रमण

बिज्ञापन

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोनाभाइरस संक्रमण ह्वात्तै बढेको छ ।

बिज्ञापन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ४५७ जनामा संक्रमण पुष्टि भएको छ ।

एन्टिजेन र पीसीआर विधिबाट ४ हजार ६५१ नमूना परीक्षण गर्दा ४५७ जना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ । त्यस्तै, २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् भने एक जनाका मृत्यु भएको छ ।

आइतबार १३५ जना नयाँ संक्रमित थपिएका थिए ।

बिज्ञापन