राजनीति

केपी ओलीको नेतृत्वमा राप्रपा, लोसपा र बाबुरामबीच गठबन्धन बनाउने गृहकार्य

बिज्ञापन

काठमाडौं, ३ साउन । आगामी संघीय संसद्को निर्वाचनमा गठबन्धन गर्नेगरि नेकपा (एमाले) ले आफ्नो तयारी थालेको छ । सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गर्नेबारे निर्णय गरिसकेकोले एमालेले पनि पाँच दलीय गठबन्धनविरुद्ध अर्को गठबन्धन बनाउने गृहकार्य थालेको छ ।

बिज्ञापन

एमालेसँग गठबन्धनको लागि राप्रपा सुरुदेखि नै सकारात्मक छ । उता, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल पनि पाँच दलीय गठबन्धनमा नै सरिक हुने तयारीमा जुटेको छ । जनता समाजवादी पार्टीबाट अलग हुन खोजेका डा. बाबुराम भट्टराईले पनि एमालेसँग नै तालमेल गरेर जाने निचोड निकालेका छन् ।

एमाले अध्यक्ष ओलीले राजेन्द्र लिङ्देनसँग पटक पटक छलफल गरेका छन् । लिङ्देनले पनि एमालेसँग सहकार्य हुने बताएका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा लिङ्देनले एमालेसँगको सहकार्य चुनाव जित्नको लागि मात्रै नभएर राष्ट्रिय राजनीतिलाई निकास दिनको लागि भएको उल्लेख गरेका छन् ।

स्थानीय तहको निर्वाचनपछि दलहरु आ–आफ्नो पार्टीको चुनावी समिक्षापछि आगामी निर्वाचनमा एक्लाएक्लै लड्ने भन्दापनि गठबन्धन गरेर जाने निश्कर्षमा पुगेका छन् । यो बीचमा एमाले, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच चुनावी तालमेलको गृहकार्य भैरहेको छ ।

तर, अहिले पाँच दलीय गठबन्धन एक ढिक्का भएर जाने निर्णय भएकोले अब एमाले छुट्टै गठबन्धन बनाएर जानेगरि गृहकार्यमा जुटेको छ । सत्तारुढ गठबन्धनले साउनभित्रै सिटको बाँडफाँड नै टुँगो लगाउने भनेको छ ।

बिज्ञापन