राष्ट्रिय समाचार

बालकोटबाट विद्युतीय माइक्रोबस चढेर ओली पुगे पार्टी अफिस 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सधैं सेतो जीपमा आउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माइक्रो बसबाट ओर्लिंदा च्यासलस्थित पार्टी कार्यालयमा रहेका नेता, कार्यकर्ता र कर्मचारीका लागि सरप्राइज भयो ।

मंगलबार दिउँसो अध्यक्ष ओली आफ्नो गाडीमा होइन माइक्रोबसमा पार्टी कार्यालय पुगेका थिए । सगरमाथा आरोही युवा संघकी नेता युगान्तिका तामाङलाई विद्युतीय स्कुटर हस्तान्तरण गरेर पार्टी कार्यालय जान लागेका ओलीले कार्यक्रमका सहभागीलाई लिन आएको विद्युतीय माइक्रोबस देखेपछि आफ्नो गाडी छाडे ।

बिज्ञापन

आफू पनि माइक्रोबसबाटै पार्टी कार्यालय जाने भनेर अध्यक्ष ओली बसेपछि युवा संघ अध्यक्ष किरण पौडेल, नेता क्षितिज थेबेलगायत सबैजना त्यसैमा बसे । ओलीका अंगरक्षक माइक्रो बसमै बसे भने स्कर्टिङ गाडी पछि पछि लाग्यो ।

काठमाडौं-सिन्धुली रुटमा चल्ने माइक्रोबस आयोजकले रिजर्भ गरेर बालकोट लगेका थिए । ओलीले आफ्नो गाडी छाडेर सोही माइक्रोबसमा चढेपछि सुरक्षाकर्मी असिनपसिन भएका थिए ।

बालकोटदेखि ललितपुरको च्यासलस्थित पार्टी कार्यालयसम्मको यात्रा गरेपछि पूर्वप्रधानमन्त्री ओलीले वातावरण संरक्षण र पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय सार्वजनिक यातायात आवश्यक रहेको बताएको युवा संघका नेता थेबेले जानकारी दिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।