जोर्डनमा घर मालिकबाट कुटिएकी नेपाली चेली

काठमाडौँं । जोर्डन पुगेकी एक नेपाली चेलीले त्यहीको एक घरमा घरेलु कामदारको रुपमा काम गरिरहेकी छन् । घर मालिकले चाहिँ ती चेलीमाथि अत्याचार गरिरहेका छन् ।
लमजुङ घर भएकी राममाया बिकको अवस्था दयनीय र कारुणिक छ । राममायाले पठाएको भिडियो फुटेजले नै उनको अहिलेको दुरावस्था प्रष्ट पार्छ । राम मायाको याचना छ– जसरी भएपनि नेपाल फर्किन पाउँ ।

लमजुङकी राममाया ९ महिनाअघि रोजगारीका लागि जोर्डन पुगिन् । उनले अहिले घरमालिकको यातनामा परेको गुनासो गरिरहेका छन् ।
न्यूज २४ टेलिभिजनको २४ हेल्प डेस्कमा राममायाले भाइवर मार्फत पठाएको १ मिनेट ३२ सेकेण्डको भिडियोमा उनले रोएरै आफूले भोगेको पीडा पोखेकी छन् । घरेलु कामका लागि जोर्डन पुगेकी राममायाले घरमालिकले कुटेर काममा लगाउँने गरेको गुनासो गरेकी छन् । विगत ९ महिनादेखि कुटपिटमा परेको भन्दै उद्दारका लागि गुहार मागेकी छन् ।
राममायालाई काठमाडौँको सिनामंगलमा रहेको भैरव इन्टरनेशनल म्यानपावर कम्पनीले जोर्डन पठाएको थियो । अहिले म्यानपावर कम्पनीले पनि वेवास्ता गरेको उनको गुनासो छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
