कांग्रेस प्रमुख सचेत बनिन् चित्रलेखा, सचेतकमा मीन विश्वकर्मा

काठमाडाैं | नेपाली कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव नियुक्त भएकी छन् । प्रधानमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले उनलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
यस्तै सचेतकमा मीन विश्वकर्मा नियुक्त भएका छन् ।

कांग्रेसकी पूर्व कोषाध्यक्ष यादव पूर्व उपसभामुख समेत हुन् । उनी २०६२/६३ को आन्दोलनपछि पुनःस्थापित प्रतिनिधि सभाको उपसभामुख थिइन् ।
सचेतक बनेका विश्वकर्मा अहिले पार्टीमा केन्द्रीय सदस्य छन् ।
यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्रीमा नियुक्त भएपछि सो पद रिक्त थियो ।
त्यस्तै पुष्पा भुसाल प्रतिनिधि सभा उपसभामुख नियुक्त भएपछि सचेतक पद पनि खाली भएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
