रवीन्द्र मिश्रलाई कोरोना संक्रमण

काठमाडाैं | विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण भएको मिश्रले फेसबूकमार्फत जानकारी दिएका छन् ।
यसअघि ६ महिनाअघि पहिलो पटक उनलाई संक्रमण भएको थियो ।

उनले पहिलोपटक जस्तो कडा लक्षण आफूमा नदेखिएको जनाएका छन् ।
उनले भनेका छन्, ‘पहिलो पटक ६ महिनाअघि भएको थियो। अहिले फेरी भयो। लक्षणहरू पहिलो पटकजस्तो कडा छैन। थोरै ज्वरो, कम्मर दुखाई र घाँटीमा समस्या छ। घरमै आराम गर्दैछु। हिजो त मैले कसैलाई भेटिन। त्यसअघिका २ दिनमा मसँग भेट्नु भएका साथीहरूलाई विचार पुर्याउन आग्रह गर्दछु। कोभिड फेरि बढ्दैछ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
