घटना समाचार

गर्लफ्रेन्डलाई साथीसँग सम्बन्ध बढाएर एकवर्षे बालिका अपहरण

बिज्ञापन

काठमाडौं । मोरङमा एक व्यक्तिले गर्लफ्रेन्डलाई नजिक हुन लागेर साथीको छोरी अपहरण गरेको दाबी प्रहरीले गरेको छ ।

बिज्ञापन

बुढीगंगा– १ बस्ने दीपेन यादवकी एक वर्षीया छोरी निकिशाको अपहरण गरेको आरोपमा विराटनगरका २७ वर्षीय रवीन्द्रकुमार शाह र २७ वर्षीय अनु शाह पक्राउ परेका छन् ।

प्रहरीका अनुसार विगत २ वर्षदेखि रवीन्द्रसँग नजिक रहेकी अनु पछिल्लो केही महिनायता दीपेनसँग पनि नजिकिएकी थिइन् । दीपेन र रवीन्द्र साथी हुन् ।

रवीन्द्रकै योजनाअनुसार दीपेनसँग अनु नजिकिएको प्रहरीले बताएको छ । साउन २ गते महेन्द्र मोरङ क्याम्पसअघिबाट हराएकी निकिशालाई बुधबार बिहान भारतबाट अपहरणमुक्त गराएर ल्याइएको छ । प्रहरीले निकाशासँगै अनुलाई पनि पक्राउ गरेको छ ।

सम्पन्न परिवारका दीपेन श्रीमती काठमाडौंमा बसेर पढ्न थालेपछि एक वर्षीया छोरीलाई विराटनगरमै बसेर हेरिरहेका थिए । प्रहरीका अनुसार दुई महिनाअघि अनुले दीपेनलाई फोन गरी सम्पर्क बढाएकी थिइन् । त्यसपछि उनीहरु नजिकिएको प्रहरीको दाबी छ । अनुले छोरीलाई भेट्ने मनसाय व्यक्त गरेपछि सोमबार दीपेन निकिशालाई लिएर गर्लफ्रेन्ड भेट्न पुगेका थिए ।

तीनै जना क्याम्पस रोडमा पुगेर चिया अर्डर गरेपछि त्यहीं वरपर रहेका रवीन्द्र निकिशालाई लिएर हिँड्न मोटरसाइकल तयारी अवस्थामा राखेर बसेको पाइएको प्रहरीको दाबी छ । बहाना बनाएर निकिशालाई लिएर निस्केकी अनु त्यसपछि रवीन्द्रको बाइकमा चढेर सप्तरीको राजविराज हुँदै भारततर्फ लागेको प्रहरीले जनाएको छ।

अनुलाई भारततर्फ छोडेर रवीन्द्र विराटनगर फर्किएको र अनुले प्रयोग गर्ने गरेको मोबाइलबाट दीपेनलाई म्यासेज गरेको प्रहरीले जनाएको छ ।

‘दीपेनसँग प्रशस्त पैसा भएको चाल पाएर १० देखि १५ लाख रुपैयाँ उठाउन बालिकाको अपहरण भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ’, मोरङ प्रहरी प्रमुख शान्तिराज कोइरालाले भने ।

बिज्ञापन