श्रीलंकामा रनिलले लिए राष्ट्रपतिको सपथ

कोलम्बो । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमासिंघेले सपथ लिएका छन् ।
६ पटक प्रधानमन्त्री बनेका रनिलले राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा बिहीबार पद तथा गोपनियताको सपथ लिएका हुन् । उनलाई प्रधानन्यायाधीश जयन्थ जयसूर्याले सपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहण समारोहमा श्रीलंकाका प्रहरी प्रमुख र उच्च सैन्य अधिकारीहरू सहभागी थिए ।
यसैबीच, संकट व्यवस्थापन गर्न श्रीलंकामा मिलिजुली सरकार गठनको प्रयास भइरहेको जनाइएको छ ।
विक्रमासिंघेले आफ्ना सहपाठी तथा पूर्वसार्वजनिक प्रशासन मन्त्री दिनेश गुणवर्देनालाई मिलिजुली सरकारमा प्रधानमन्त्री बन्न आमन्त्रित गर्ने अपेक्षा गरिएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
