खेलकुद

यू-२० फुटबल टिमको कप्तानमा आयुष घलान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । आयुष घलानले साफ यू-२० च्याम्पियनसिपमा नेपाली टिमको नेतृत्व गर्ने भएका छन् ।

औपचारिक रूपमा घोषणा हुन बाँकी भएपनि सिनियर राष्ट्रिय टिमबाट खेलिसकेका अनुभवी आयुष यू-२० को कप्तान रहने टिमका मुख्य प्रशिक्षक मेघराज केसीले बताए ।

बिज्ञापन

‘आयुष नै कप्तान हो । उनले सिनियर टिमबाट पनि खेलि सकेको र अहिलेको टिममा अनुभवी भएकाले हामीले उनैलाई कप्तान चुनेका हौं,’ उनले भने ।

साफ यू-२० खेल्न भारत प्रस्थान गर्नुअघि बिदाइ कार्यक्रममा आयुष कप्तान भएको औपचारिक घोषणा एन्फाले गर्नेछ ।

नेपालले च्याम्पियनसिपको पहिलो खेल ११ साउनमा श्रीलंकासँग खेल्नेछ । त्यस्तै दोस्रो खेल १५ साउनमा भारत तथा १७ साउनमा बंगलादेशसँग खेल्नेछ । सिंगल राउण्ड रोविनको पद्दतीमा हुने खेलको तालिकामा शीर्ष दुई टोलीले २० साउनमा फाइनल खेल्नेछन् ।

नेपाली यू-२० टिम

गोलकिपरः ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ शेख

डिफेन्डरः अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सिर्जन दानी, रोशन थापा, अभिशेक वाइबा

मिडफिल्डरः दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान

फरवार्डः रोहित सुब्बा, निरन्जन मल्ल, रोहन खड्गी

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।