नेकपा एसका जनप्रतिनिधिको १६ बुँदे वाचा- सादा जीवन बिताउँछौं

काठमाडौं । नेकपा एसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पार्टीको कार्यदिशा अनुरुप स्थानीय तहमा समाजवादउन्मुख काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
काठमाडौंमा २ दिने अभिमुखीकरणमा भेला भएका जनप्रतिनिधिले पार्टीको घोषणापत्रलाई लिएर आगामी ५ वर्ष जनता र पार्टीको प्रतिनिधिका रुपमा काम गर्ने भन्दै काठमाडौं प्रतिबद्धतापत्र तयार पारेका छन् । प्रतिबद्धतापत्रमा १६ बुँदा समेटिएको छ ।

आफूहरू सादा जीवन, उच्च विचारका साथ जीवन बिताउने, भ्रष्टाचार ढिलासुस्तीजस्ता कार्यलाई समाप्त पार्न संघर्ष गर्ने, जनताका आधारभूत आवश्यकतामा प्राथमिकता दिने, आफ्नो क्षेत्रको बजेट र स्रोतलाई सदुपयोग गर्ने पनि उनीहरूको प्रतिबद्धता छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
