राजनीति

छानविन समितिमा शर्माको बयान: अनधिकृत व्यक्तिको घुसपैठ नभएको जिकिर

बिज्ञापन

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालयमा बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिको घुसपैठ नभएको जिकिर गरेका छन् ।

बिज्ञापन

संसदीय छानविन समितिमा बयान दिन सिंहदरबार पुगेका तत्कालीन अर्थमन्त्री शर्माले अर्थमन्त्रालयमा बजेट बनाउने क्रममा बाहिरको मान्छे पस्ने कुनै सम्भावना नरहेको दावी गरेका हुन् ।

बाहिरको मान्छे पसे सजिलै थाहा हुने बताए । उनले छानविन समितिमा बयान दिँदै भने,‘त्या को भित्र आयो को गयो भन्ने कुरा सजिलै थाहा हुनसक्छ । त्यहाँ सुरक्षाकर्मीहरु हुन्छन अरु मर्यादापलकहरु हुन्छन । बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन । पसेको भएक थाहा भैहाल्थियो ।’

उनले सिसीटिभी फुटेज कहिलेसम्म रहन्छ  भन्ने जानकारी मन्त्रीलाई जानकारी नहुने  बताए । उनले भने,‘भिडियो कहिले सम्म रहन्छ के हुन्छ त्यो बारे मलाई केहि जानकारी थिएन ।’

बिज्ञापन