अर्थ

सुनको मूल्य तोलामा एक हजारले घट्यो

बिज्ञापन

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजारले ओरालो लागेको छ । छापावाला सुन आज ९३ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो ।

बिज्ञापन

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५०० छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० ले घटेर एक हजार १५५ तोकिएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

बिज्ञापन