राष्ट्रिय समाचार

नेपाल र नाइजेरियाका अधिकारकर्मीहरूबीच मानव बेचबिखनबारे अनुभव आदान–प्रदान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपालगञ्ज | नेपाल र नाइजेरियामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत अधिकारकर्मी तथा सरोकारवाला व्यक्तिबीच अनुभव आदानप्रदान भएको छ । 

स्कीप परियोजनाअन्तर्गत युकेस्थित खुला विश्वविद्यालय र नेपालमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील संस्था शान्ति पुनःस्थापना गृहको सहजीकरणमा नेपाल र नाइजेरियाका मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत अधिकारकर्मी र सरोकारवाला व्यक्तिबीच अनुभव आदानप्रदान गरिएको हो । 

बिज्ञापन

मानव बेचबिखन र उत्पीडनबाट मुक्त व्यक्तिहरुलाई सामाजिक तथा पारिवारिक पुनर्मिलनमा र मनोपरामर्समा सहजीकरण गर्ने सम्बन्धमा अनुभव आदानप्रदान गरिएको थियो । नाइजेरियाका तर्फबाट एपेक्स मिडियालगायत मानव बेचबिखनविरुद्ध क्षेत्रमा कार्यरत अधिकारकर्मी  तथा सरोकारवालाको सहभागिता थियो । कार्यक्रममा उक्त खुला विश्वविद्यालयका तर्फबाट डा सरस्वती दवाडी र मर्गरात इवुवेडाइकले आफ्नो अनुभव सुनाएका थिए । 

नेपालका तर्फबाट शान्ति पुनःस्थापना गृहका कार्यकारी निर्देशक सुमनराज सापकोटा, सामाजिक अभियान्ता समाजसेवी तथा शान्ति पुनःस्थापना गृहकी संस्थापक अध्यक्ष शान्ता सापकोटालगायतले मानव बेचबिखनविरुद्ध हुँदै आएका गतिविधिबारे नाइजेरिया र नेपालको मानव बेचबिखनको समस्या मिल्दोजुल्दो भएको बताए ।

क्त विश्वविद्यालयकोे नेतृत्वमा हरेक देशबाट तीनदेखि पाँच जनासम्म सदस्य रहने गरी मानव बेचबिखनविरुद्धको कार्ययोजना तय गर्नेबारे पनि छलफल भएको थियो । कार्यक्रममा नाइजेरिया र नेपालका मानव बेचबिखनसँग सम्बन्धित घटनामा उद्धार गरिएका पीडितको अनुभव आदानप्रदान गरिएको थियो ।

शान्ति पुनःस्थापना गृहले भारत तथा सोही बाटो हुँदै तेस्रो मुलुक जान लागेकालाई मानव बेचबिखनको जोखिमका बारेमा जानकारी दिने, अभिभावकलाई जानकारी नदिई हिँड्नेलाई सेल्टरमा राखेर अभिभावकलाई जिम्मा लगाउने, उमेर नपुगेकालाई भारत जान रोक्ने, उनीहरुलाई बहकाएर लैजानेलाई प्रहरीको सहयोगमा समातेर मुद्दाको प्रक्रिया अगाडि बढाउने गरिएको गृहका लुम्बिनी प्रदेश संयोजक भूमिराज भट्टराईले जानकारी दिए । रासस
 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।