अब दुई प्रकारको ब्याजदर लागू हुने, सहुलियत कर्जा कटौती

काठमाडौं । अब दुई प्रकारको ब्याजदर लागू हुने भएको छ । उत्पादमूलक क्षेत्र र व्यापारमूलक क्षेत्रको ब्याजदर फरक हुने भएको हो ।
अब बैंक तथा वित्तीय संस्थाद्वारा प्रदान हुने कर्जामा फरक फरक ब्याजदर लागू हुने भएको हो । ब्याजदरलाई वितरण हुने क्षेत्र समेत छुट्याएर ब्याजदर लागू हुने भएको हो ।

उत्पादनमूलक क्षेत्रलाई भने ब्याजदर सस्तो हुनेछ भने व्यापारी क्षेत्रमा ब्याजदर केही महंगो हुने छ । उत्पादनमा भन्दा व्यापारमा धेरै कर्जा गएपछि २ प्रकारको ब्याजदर लागू हुन लागको हो ।
कोभिड १९ को समयमा लिइएको सहुलियत कर्जालाई कटौती गरिनेछ । कृषि र कोभिड महामारीबाट अति प्रभावित क्षेत्रमा मात्र उपलब्ध गराउने गरी पुनर्कर्जा सुविधालाई विचार गरिने भएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० मौद्रिक नीति कार्याक्रममा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले सो कुरा बताएका हुन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
