राष्ट्रिय समाचार

काठमाडौं उपत्यकामा चल्ने गाडीको भाडा बढ्यो

बिज्ञापन

काठमाडौं । वागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ ।

बिज्ञापन

वागमती प्रदेश सरकारको राजपत्रमा जारी सूचनामा बढेको भाडा बिहीबारदेखि नै लागू हुनेछ ।

प्रदेश सरकारले काठमाडौंमा चल्ने सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको हो । नयाँ भाडा दरअनुसार अब ५ किलोमिटरको दुरीसम्म २० रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, १० किलोमिटरसम्म २७ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँ, २० किलोमिटरसम्म ३५ रुपैयाँ र २० किलोमिटरदेखि माथि ४० रुपैयाँ भाडादर तोकिएको छ । सरकारले वागमती प्रदेश भित्रै चल्ने सवारी साधनको भाडादरमा ८ प्रतिशतले वृद्धि गरेको छ ।

बिज्ञापन