घटना

नागरिकतामा जन्ममिति सच्याएकोमा दोषी ठहरिएका डीएसपी सिंहलाई ८ महिना कैद

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सरकारी कागजात सच्याएकोमा दोषी ठहर भएका डीएसपी रमेशबहादुर सिंहलाई ८ महिना कैद र १५ हजार रूपैयाँ जरिबाना भएको छ ।

विशेष अदालतले चैतमै सिंहलाई दोषी ठहर गरेपनि सजाय भने सुनाएको थिएन । हालै सार्वजनिक भएको पूर्णपाठमा सिंहलाई उक्त सजाय भएको उल्लेख छ । सिंहविरुद्ध जन्ममिति सच्याएर सेवा प्रवेश गरेको आरोप लागेको थियो ।

बिज्ञापन

विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले सिंहलाई दोषी ठहर गरेको हो । त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्धा दर्ता गरेलगत्तै सिंह निलम्बित भएका थिए ।

२०५८ सालमा प्रहरी निरीक्षकका लागि आह्वान गरिएको विज्ञापनमा सिंहले एसएलसीको नक्कली चारित्रिक प्रमाणपत्र बनाएर त्यसै आधारमा नागरिकताको प्रतिलिपी निकालेको ठहर गर्दै विषेश अदालतले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम सजाय गरेको हो ।
उक्त दफाको उपदफा १ अनुसार अपराध गर्नेलाई ६ महिनादेखि १ वर्षसम्म कैद र १० हजारदेखि २० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था रहेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।