Uncategorizedआस्था /आध्यात्म

संसारमा साधु बन्न सजिलो छ तर दास बन्न कठिन छ- नर बहादुर रावल (अध्यक्ष- स.नि.म. नेपाल)

बिज्ञापन

काठमाडौं, २२ साउन । संसारमा साधु बन्न सजिलो छ तर दास बन्न कठिन रहेको कुरा ललितपुरको हात्तीवनमा रहेको स.नि.म. को केन्द्रिय कार्यलय तथा सत्संग भवनमा हिजो शनिबार आयोजित सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयोकि संसारमा साधु बन्न सजिलो छ तर दास बन्न भने निकै अप्ठ्यारो छ । व्यवस्थाको साथै भक्ति गर्नु निकै अप्ठ्यारो भएको स्मरण गर्दै उहाँले भन्नुभयोकि आज विश्वमा सन्त निरंकारी मिशन कसरी अगाडि बढ्यो भनेर इतिहासलाई हेर्छौभने मिशनमा सत्गुरुको अवतार बाबा बुटा सिंह जीबाट शुरु भएर बाबा अवतार सिंह जी, बाबा गुरवचन सिंह जी, बाबा हरदेव सिंह जी, सत्गुरु माता सविन्दर जी र वर्तमानमा सत्गुरु माता सुदीक्षा जी महाराजले मिशनको बागडोरलाई अगाडि बढाई रहनुभएको छ । यसरी आज मिशन अगाडि आउनुमा सन्त-भक्तहरुको पनि महत्वपूर्ण भूमिका रहेको छ । जो गुरुको आदेश आउँछ त्यसलाई हुबहु त्यसको पालन गर्छौ भने मिशनलाई अगाडि बढाउनुमा कुनै समस्या पर्दैन तर मिशनमा आवद्ध भइसकेपछि किन्तु-परन्तु भन्न थाल्छौ भने त्यसले वाधा उत्पन्न गर्न सक्छ र त्यसबाट हाम्रो भक्ति पनि पूर्ण हुन सक्दैन र मिशन पनि अगाडि बढ्नुमा समस्या हुने बताउनुभयो ।

बिज्ञापन


भगवान रामले शवरीलाई नवधा भक्तिको बारेमा जानकारी गराउनुभयो, जसमा कुनै कर्म-काण्ड हुने गर्दैन । उहाँले सम्झाउँदै भन्नुभएको छकि प्रथम भक्ति मोक्षको द्धार हो, सत्संगमा आएर नै विवेकको जानकारी हुन्छ, ब्रम्हज्ञानको जानकारी हुन्छ । सत्संग गर्नुबाट ब्रम्हज्ञानलाई कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुराको जानकारी हुन्छ । हामीले सबै कार्यलाई विराम दिएर पनि सत्संगलाई नै प्राथमिकता दिनु पर्दछ । सत्संगबाट नै मानवले मोक्षको बाटोलाई पहिल्याउन सकिने उहाँले बताउनुभयो ।
उहाँले काठमाडौं कसरी सत्संगको स्थापना भयोभन्ने बारेमा स्मरण गर्दै २०४३ सालतिर काठमाडौंमा सत्संगको सुरुवात जयबागेश्वरीबाट भएको जानकारी गराउँदै पुरातन महात्मा झरोकि लाल जी जसले सुनधारामा फाटेका झोला र जुता सिलाएर आफ्ना दुई छोराहरुलाई डाक्टर र इन्जिनियर बनाए उहाँले निरंकारी मिशनलाई काठमाडौंमा फैलाउनुमा आफ्नो अहम भूमिका निभाउनु भएको कुरालाई तरोताजा गर्नुभयो । त्यसमा कृष्ण पन्थ र भगवती थापाको पनि महत्व पूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले काठमाडौं सत्संग भवनको उद्घाटन पनि आउँदो मार्च-अप्रेल २०२३ मा सत्गुरु माता जीको करकमलबाट हुने उद्घोष गर्नुभयो । सत्गुरु माता जी नेपाल आईसकेपछि नेपालका विभिन्न ठाउँहरुमा जाने कुराको पनि जानकारी गराउँदै हामी सबैले काठमाडौंको भवनलाई चाँडोभन्दा चाँडो तयार गरेर उद्घाटन गर्न योग्य बनाउनु पर्ने कुरामा जोड दिनुभयो ।


संसारमा मानव योनि पाउनुको मुख्य उद्देश्य नै विश्वकल्याण गर्नको लागि हो । मनुष्य योनि पाएरपनि ब्रम्हज्ञान सबैले पाउन सक्दैन जसको भाग्य हुन्छ, जसको कर्ममा लेखिएको हुन्छ त्यसले नै यसलाई पाउन सक्छ । आज सत्गुरुको कृपाले हामीले यस ब्रम्हज्ञानलाई पाएर आनन्दित भइरहेका छौ । जस्तै कृष्ण भगवानले बाँसुरीको धुनबाट संसारलाई रिझाउनुभयो, गोपी-गोपीनी, गाई-वस्तुहरुलाई पनि रिझाउनुभयो, सबैलाई आनन्दित गर्नुभयो । त्यस्तै भजनसंगै बाँसुरीको धुनमा भजन गाउदा निकै मन आनन्दित हुने गर्दछ । तर त्यस बाँसलाई तिर बनाउँछौ भने त्यसले कसैको ज्यान लिन सक्छ । आज सत्गुरुले हामीलाई परिवार दिएको छ जसमा अनेकौ मान्छेहरु छन् जो अहंकार, लोभ, लालच, क्रोधमा जकडिएका र साथै अनेक प्रकारका दुव्र्यशनमा फसेका मान्छेहरु पनि यस मिशन भित्र रहेका छन् । जस्तै भंगारका विभिन्न कागज, भाँडाकुडा आदिलाई पुनः रिफाइन गरेर नयाँ कागज वा भाडाहरु बन्ने गर्दछन्, त्यस्तै प्रकारले विभिन्न गलत कार्यमा लागेका मानवलाई मिशनले ब्रम्हज्ञानको दात दिएर उनीहरुलाई रिफाईन गरेर नौलो जीवन प्रदान गरेर मानव बनाई रहेको छ । सत्गुरु बाबा जीको भनाई पनि छकि कुछ भी बनो मुबारक है, पर पहिले इन्सान बनो भनेर भुन्नुभएको छ । आज मिशनले मर्यादामा बसेर ईश्वरलाई प्राप्त गर्ने बाटोलाई मार्ग दर्शन गर्नुको साथै प्रेम, नम्रता, सहनशीलताको पाठ पढाईको छ । निरंकारी मिशन एक विश्व-बन्धुत्वको मिशन हो, यहाँ विभिन्न जातजाति, धर्म, भेषभूषा, रहनसहनका मानव समाज आवद्ध रहेका छन् । यहाँ अनेकता भएपनि एकता छ र प्रेमको भाषा बोलिने गरिन्छ । सत्गुरुले हामीलाई प्रेमको भाषा सिकाई रहेको छ । त्यसैले यहाँ एकलाई जान, एकलाई मान, एक हौंको सिद्धान्तलाई अपनाएर एक परमात्माको गुणगान गाइने गरिन्छ, उहाँले प्रष्ट पार्नुभयो ।
उहाँले भक्तिको महत्वमाथि प्रकाश पार्दै भन्नुभयोकि यदि हामीले भक्तिलाई मजबूत बनाउनु छ भने पहिले जसको हामी भक्ति वा पूजा गरिरहेका छौ त्यसको बारेमा जान्नु वा पहिचान गर्नु आवश्यक छ तब मात्र हाम्रो भक्ति गरेको सार्थक हुन जान्छ । निरंकारी मिशनमा आउनुभन्दा पहिले हामी पूजा(पाठ त गरिरहेका थियौं तर ईश्वरको बारेमा भने हामीलाई कुनै जानकारी थिएन तर जब यस मिशनसंग आवद्ध भयौं सत्गुरुको कृपाबाट ब्रम्हज्ञान पाएर यस परमात्माको बोध हुनगयो र हाम्रो भक्ति यस दातारसंग जोडिन गयो । जब सतगुरुले हामीलाई ज्ञान चच्छु प्रदान गर्नु हुन्छ तब मात्र यस निराकारको दर्शन गर्न सकिन्छ । जब परमात्माको जानकारी हुन्छ तब हामीमा यहि भाव आउँछ कि पहिले म थिए तर तिमीलाई पाइसकेपछि तिमी मात्र छौ, मेरो कुनै अस्तित्व छैन । सर्वत्र तिमी नै छौ ।
त्यस्तै प्रकारबाट सन्त निरंकारी मण्डल नेपालका केन्द्रिय सल्लाहकार पदमराज रेग्मीले निरंकारी मिशनमा आवद्ध हुँदा जब हामीले पाँच प्रणलाई अंगिकार गरेका छौ, त्यसको पालन गर्नाले हाम्रो जीवन जिउने पद्धती आसन हुनुको साथै संसारमा हामी आनन्दित जीवन बिताउन सफल हुन्छौ ।


उहाँले आफू सानो छदा ई्रश्वरको साक्षात दर्शन पाउने इच्छाले ज्ञान लिएको स्मरण गर्दै त्यस बाल शुलभ समयदेखि अहिलेसम्म त्यस ज्ञानको अनुभूति गर्दा दासलाई यहि लाग्छकि जहाँ कोहि हुँदैन त्यहाँ यो निराकार भएको आभास हुने गर्दछ । यो हाम्रो सुरक्षा कवच हुने गर्दछ । यसबाट हामी जीवनमा भ्रमित भएपनि ईश्वरले हामीलाई बाटो देखाउने गर्दछ यो कुरा बोध आज यस निरंकारी मिशनमा आएर गर्न सकिरहेका छौ । जब हामीलाई ज्ञान प्राप्त हुन्छ तब हामीमा समर्पणको भावना जागृत भएर हाम्रो भक्ति प्रर्बल हुन जान्छ र हामी मुक्तिको हकदार बन्न जान्छौ, उहाँले बताउनुभयो ।
यस साप्ताहिक सत्संग कार्यक्रमा सन्त निरंकारी मण्डल नेपालका केन्द्रिय सदस्य देवराज रिमाल, केन्द्रिय सचिव नर बहादुर बि.क., दल बहादुर राना, लक्ष्मणलाल दास, लक्ष्मण बस्नेत कोषाध्यक्ष कन्यैया पाठक, क्षेत्रिय सेवादल संचालक तथा केन्द्रिय सदस्य नर बहादुर बटाला, बाबुराज महर्जन, केन्द्रिय सल्लाहकार तथा निरंकारी आदर्श विद्या मन्दिर टीकापुरका अध्यक्ष श्रीराम काफ्ले, गायक तेज बोहरा, सन्त निरंकारी नेपाली मासिक पत्रिका तथा मालिका समाचारका सम्पादक पूर्ण कुमाल लगायत ध्रुव अधिकारी, मिरा क्षेत्री, सन्त कुमार, रेखा शर्मा, बाबुश्री, मनोज गोपाली, हिरा तामांग, ज्योति, रेनुका, विरेन्द्र चौधरी, भगवती थापा, विजय निरंकारी आदिले आ-आफ्नो भाव प्रकट गरेका थिए भने सत्संगको संचालन केन्द्रिय सचिव अनिल महर्जनले गर्नु भएको थियो ।

बिज्ञापन