टीकापुरराजनीति

टीकापुर खाने पानीको चुनावीसभा बाट अध्यक्षमा नरेश खत्री विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ ,कैलाली जिल्लाको टीकापुर नगरपालिकामा रहेको टिकापुर साना शहरि खानेपानी उपभोक्ता तथा सरसफाई संस्था शुक्रबार सम्पन्न चुनाबि सभाबाट अध्यक्षमा नरेश कुमार खत्री विजयी भएका छ्न भने उपाध्यक्षमा सृजना शर्मा पंडित मतदान प्रक्रिया अगावै निरबिरोध निर्वाचित भएकी हुन।

त्यसैगरी सचिबमा मनिष बलायर काेषाध्यक्ष विश्राम चाैधरी सदस्यमा खडक धामी, भानुभक्त जैशी,नवराज ठकुल्ला,कृष्णी चाैधरी,सरिता रावल थापा निर्वाचित भएका छ्न।

बिज्ञापन

अध्यक्ष खत्रीले १ हजार २०५ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्दी बुढाथोकीले ३७२ मत प्राप्त गरेका छन । कुल खसेको मत २ हजार २६८ मत रहेको थियो भने ६९१ मत बदर बदर भएका छ्न।

सचिवमा बुढाथोकी प्यानलबाट मनिष बलायर विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्दी चक्र तिमिल्सिनाले ७०१मत पाएका छ्न भने बलायरले ७२९ विजयी भएका छ्न

त्यस्तै कोषाध्यक्षमा खत्री प्यानलका विश्राम चौधरी ६०३ मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्दी बुढाथोकी प्यानलका हिरासिँह बिष्टले ४७२ मत प्राप्त गरेका हुन

निर्वाचन समितिले सार्वजनिक गरेको जस्ताको तस्तै
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।