यसपटक १ करोड ३० लाखले मतदान गर्ने निर्वाचन आयोगको अनुमान

ललितपुर । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १ करोड ८२ लाख मतदाता कायम भएका छन् । निर्वाचन आयोगका अनुसार अन्तिम मतदाता नामावली प्रकाशन भने भइसकेको छैन ।
आयोगले आइतबार ललितपुरमा मूलधारका मिडियाका सम्पादकहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउने निर्वाचनमा करिब १ करोड ३० लाख मत खस्ने अनुमान गरिएको बताए ।
थपलियाले भने, ‘करिब १ करोड ८२ लाख मतदातामध्ये ४० लाख जति विदेशमा रहेको अनुमान छ । हाम्रो अनुमानमा यसपटक करीव १ करोड ३० देखि ३५ लाखसम्म मत खस्छ । यसपटक अस्थायी मतदाताको पनि व्यवस्था रहेकाले कर्मचारी, सेना, प्रहरी समेतले कार्यस्थलबाटै मतदान गर्दा मत खस्ने प्रतिशत बढ्छ ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
