जुम्ली खस भाषाको अभिलेखिकरण गरिँदै

जुम्ला । जुम्ली खस भाषाको अभिलेखिकरण गरिने भएको छ । स्थानीय सरकारको पहलमा भाषा आयोगले अभिलेखिकरण गर्न प्रक्रिया थालेको हो ।
खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । अहिलेसम्म खस भाषा राष्ट्रिय भाषा आयोगमा दर्ता भएको नभेटिएपछि स्थानीय सरकारले अभिलेखीकरण गर्न पहल समेत थालेको सिंजा गाउँपालिकाअध्यक्ष पूर्णप्रसाद धितालले बताए ।

उनले भने, ‘खस भाषा आयोगमा लिपिबद्ध गर्न पहल सुरू भएको छ । आयोगको टोली जुम्लाको सिंजामा पुगेर पाँच वटा खस लिपीको मानक प्रमाणीत गरेको छ ।’
अध्यक्ष धितालले गाउँपालिकाको टोली आयोगको केन्द्रीय कार्यालयमा समेत पुगेर आवश्यक छलफल, समन्वय र सहकार्य गरिएको छ । अब स्थानीय तह र सरोकारवालहरूको बैठक बसेर थप छलफल गर्न जोड दिएको छ ।
अब खस भाषाको लिपी भएको शब्दकोष अभिलेखीकरण तथा कम्प्यूटराइज गर्न आयोग निकै सकारात्मक र उत्साहित भएको छ । यसका साथै खस भाषा अभिलेखीकरणका लागि सिँजामै प्रशिक्षण सञ्चलन गर्ने कार्यक्रम समेत राखिएको गाउँपालिकाले जनाएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
