राष्ट्रिय समाचार

नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले संसद्लाई दिएको सन्देशमा के छ ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । संघीय संसद‍्बाट पारित भएर प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारी फिर्ता पठाइदिइन् ।

विधेयकका केही विषयवस्तुमाथि विवाद उब्जिएसँग शीतल निवासमा उक्त विधेयक अनुमोदन गर्न नहुने दबाब बढेको थियो ।

बिज्ञापन

विधेयक फिर्ता गर्ने क्रममा कानून मुताबिक राष्ट्रपतिले आफ्नो सन्देश पनि संसद्लाई दिएकी छन् । संघीय संसद‍्बाट साउन १६ गते नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणीकरणका लागि प्रस्तुत भएको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ को विधेयकलाई राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम प्रतिनिधिसभामा फिर्ता पठाएकी हुन् ।

राष्ट्रपतिले पठाएको सन्देशमा दुई भाग छन् । पहिलोमा प्रतिनिधिसभामार्फत संघीय संसद्समक्ष जानकारी अध्ययन र विमर्शका लागि ७ बुँदे सन्देश दिइएको छ । दोस्रो भागमा प्रतिनिधिसभामार्फत संसद्समक्ष ध्यानाकर्षणका ८ बुँदे सन्देश छन् ।

यो नागरिकता विधेयक मात्र नभएर एक वर्षअघि ल्याइएको अध्यादेश र विगतका अन्य विधेयकहरूले पनि नागरिकताको समस्यालाई वास्तविक रूपमा सम्बोधन गर्न नसकेको राष्ट्रपतिको गुनासो छ । उनले नागरिकता विवादको दीर्घकालीन समाधानमा जोड दिएकी छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।